समाचार

अबको बाटो भनेको विकास र समृद्धिको: उम्मेदवार दिपक ‘माइला’

पोखरा, २७ कार्तिक । कास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।

उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । ‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं भनेर मतदाताले भनेको पाएको छुँ, ’ उनले भने, ‘मतदाताको सकरात्मक र उर्जाशिल भनाइले गर्दा चुनाव जितिसकेको अनभुव भएको छ ।’ उनले जनताको योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको सुनाए । ‘अब झुटो बोल्ने उम्मेदवारलाई जनताले पत्याउँदैनन्,’ उनले भने, ‘मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृतिको अन्त्य हुनपर्छ ।’

अबको बाटो भनेको विकास र समृद्धिको हुँदा मंसिरको निर्वाचनले जनताको मतको कदर गर्ने उनले बताए । विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने जिम्मा आएको उनले सुनाए । ‘विकास निर्माणको काम गर्दा राजनीतिक पूर्वग्रह राख्नुहुँदैन,’ उनले भने, ‘त्यसैले गठबन्धन विकासको लागि भएको हो विनासको लागि होइन् । कसैलाई आक्षेप लगाउँदैनौं । सबै जनताले बुझिसकेका छन् ।’

पोखरा–१४ मा घरदैलो गर्दै मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यस क्षेत्रको विकास, निर्माणाम समर्पित हुने गुरुङले प्रण गरे । मुलुकको समग्र विकासमा लागि स्पस्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्ने उनको भनाइ थियो । विकास निर्माणको खाँका र इच्छाशक्ति पाँच दलीय गठबन्धनको सरकारसँग मात्र रहेको उनको दावी छ ।

You may also like

समाचार

मगरबेशीका बासिन्दाको गुनासो- ‘मत पाएकाहरु सांसद र मन्त्री भए तर, हाम्रो पीडा सुनेन्’

पोखरा, २८ कात्तिक । पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल ...
समाचार

पोखरा २७,कार्तिक । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका ...

Leave a reply

Your email address will not be published. Required fields are marked *

समाचार

मट्टिखानमा रेल सञ्चालन सम्भाव्यता अध्ययनको स्वागत

पोखरा, २७ कात्तिक । गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा ...