समाचार

मतदाताबाट राम्रो प्रतिक्रिया पाएका छौं–बाँस्तोला

पोखरा, २७ कार्तिक । आसन्न निर्वाचनको मिति नजिकिंदै जाँदा राप्रपा नेपाल कास्की पनि चुनावी प्रचार–प्रसारमा तिब्रताका साथ लागि परेको छ । पार्टीले पोखराका सबै वडाहरुमा घरदैलो साथै प्रचार सामग्री वितरण गरेको छ ।

चुनाव चिन्ह ‘तीर’ लिएर चुनावी मैदानमा होमिएको राप्रपा नेपाल कास्कीका उम्मदवारहरु कार्यकर्ताका साथ मतदाताको घरदैलोमा पुगेका हुन् । मत माग्न घरदैलो गरिरहँदा मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको राप्रपा नेपालका सह महामन्त्री समेत रहेका उम्मदेवार शिवकुमार बाँस्तोलाले बताएका छन् । ‘सम्वद्र्धनवाद, सुशासन र समृद्धि’ हाम्रा पार्टीको मुलमन्त्र हो, हाम्रो चुनावी नारा पनि यसैमा केन्द्रित छ’–बाँस्तोलाले भने ।

राप्रपाले कास्कीमा प्रतिनिधी सभातर्फ समानुपातिकमा शिवकुमार बाँस्तोला र इश्वरी बैगारी तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ विरबहादुर तामाङ्ग, इन्द्रकुमार शाही, मधु अधिकारी गुरुङ्ग र प्रेमकान्त तिवारीलाई उम्मेदवारका रुपमा अगाडी सारेको छ ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपाल कास्कीका प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्कीको प्रतिनिधी र प्रदेश सभाको उम्मेदवारी फिर्ता गरि निःशर्त रुपमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्ने गरि सहमति गरेका छन् ।

देशको राजनीतिक परिस्थिती, सत्तारुढ दलको अराजनीतिक एवं जनविरोधी गतिविधीका साथै अप्राकृतीक गठबन्धनले मुलुकको लोकतान्त्रमाथिनै प्रश्न चिन्ह खडा भएको महशुस गर्दै राजनीतिक विचार मिलेकाले एमालेसग यस्तो सहमति गरेको राप्रपा नेपालले जनाएको छ ।

You may also like

समाचार

मगरबेशीका बासिन्दाको गुनासो- ‘मत पाएकाहरु सांसद र मन्त्री भए तर, हाम्रो पीडा सुनेन्’

पोखरा, २८ कात्तिक । पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल ...
समाचार

पोखरा २७,कार्तिक । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका ...

Leave a reply

Your email address will not be published. Required fields are marked *

समाचार

मट्टिखानमा रेल सञ्चालन सम्भाव्यता अध्ययनको स्वागत

पोखरा, २७ कात्तिक । गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा ...