समाचार

पोखराको सुकुम्बासी समस्याको दिगो समाधान गरिने छ : पन्त

पोखरा, २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कास्की क्षेत्र नं–२का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका सुर्वण राज पन्तले पोखरामा रहेका सुकुम्बासीको समस्याको दिगो समाधान गरिने बताएका छन् । आज पोखराका विभिन्न स्थानमा भएको घर दैलो कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले पोखरामा सुकुम्बासी समस्या जटिलरुपमा रहेको र यसलाई चुनावी एजेन्डा मात्रै भन्दा पनि दिगो समाधान तर्फ लाग्नु पर्ने बताए । पन्तले पोखरामा रहेका सुकुम्बासी जनसमुदायलाई रातो लालपूर्जा भन्दा पनि रोजगारको आवश्यकता रहेको धारणा ब्यक्त गरे ।

उनले यो ५ वर्षमा सुकुम्बासीको आर्थिक स्तर सबल बनाइने बताए । “सुकुम्बासीलाई रातो लालपूर्जा भन्दा पनि उहाँहरुलाई सबल र सक्षम बनाउन रोजगारको ब्यवस्था गर्ने छौँ ।” उनले भने,“ अबको ५ वर्षमा सुकुम्बासीलाई रातो लालपूर्जा भन्दा पनि उहाँहरुको जीवन स्तर र आर्थिक स्तरलाई बझबुत बनाइने छ ।” उनले पोखराको तमाम समस्याको समाधनका निम्ति आफू कटिबद्ध रहेको समेत बताए ।

राप्रपाले आयोजना गरेको घर दैलो कार्यक्रममा मतदाताको उत्साहाजनक उपस्थिती रहेको थियो । उपस्थिती अधिकांश मतदाताले युवा उम्मेदवारलाई मतदान गर्ने आतुर रहेको समेत बताएका थिए ।

You may also like

समाचार

मगरबेशीका बासिन्दाको गुनासो- ‘मत पाएकाहरु सांसद र मन्त्री भए तर, हाम्रो पीडा सुनेन्’

पोखरा, २८ कात्तिक । पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल ...
समाचार

पोखरा २७,कार्तिक । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका ...

Leave a reply

Your email address will not be published. Required fields are marked *

समाचार

मट्टिखानमा रेल सञ्चालन सम्भाव्यता अध्ययनको स्वागत

पोखरा, २७ कात्तिक । गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा ...